२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सर्लाहीमा बेपत्ता इँटा व्यवसायीको शव गाडिएको अवस्थामा फेला

१५ गतेदेखि बेपत्ता भएका प्रसाईंको टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको हो।



Dead
  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या ३१२
  • सर्लाही, पुस २१– हरिवन नगरपालिका–१० का ३९ वर्षीय इँटा व्यवसायी हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा शव फेला परेको छ।

    प्रहरीका अनुसार पुस १५ गतेदेखि बेपत्ता भएका प्रसाईंको टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको हो।

    परिवारले पुस १६ गते प्रहरीमा निवेदन दिएपछि खोजीकार्य सुरु गरिएको थियो। पुस १८ गते उनको मोटरसाइकल र च्यातिएको फोटो नहर नजिक भेटिएको थियो।

    आज उखुबारीमा शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।