६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भूकम्पले चीनमा कम्तिमा ९ जनाको मृत्यु

नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पले चीनमा कम्तिमा ९ जनाको ज्यान गएको छ भने केही घरहरु भत्किएका छन्।



Earthquake
  • एजेन्सीको सहयोगमा
  • ८ महिना अघि
  • पाठक संख्या २४१
  • काठमाडौं, पुस २३ -  नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पले चीनमा कम्तिमा ९ जनाको ज्यान गएको छ भने केही घरहरु भत्किएका छन्।

    चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

    आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो।

    भूकम्पको धक्का नेपालमा समेत महसुस गरिएको थियो। नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड गरेको भए पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ। यो भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।

    चिनियाँ सञ्चार माध्यमहरुका अनुसार दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँहरुमा घरहरु भत्किएका छन्।

    चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड गरिएको छ।

    तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली भएको जनाइएको छ।