६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चीनमा भूकम्पले मर्नेको संख्या १२६, १८८ जना घाइते

चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या बेलुकासम्म १२६ पुगेको छ भने १८८ जना घाइते भएका छन्। थप विवरण आउन बाँकी छ।



China
  • एजेन्सीको सहयोगमा
  • ७ महिना अघि
  • पाठक संख्या २३०
  • चीन, पुस २४ - मंगलबार बिहान चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या बेलुकासम्म १२६ पुगेको छ। भूकम्पमा १८८ जना घाइते भएको समाचार चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।

    डिंग्री काउन्टीको २० किलोमिटर दायराभित्र रहेका २७ गाउँमा ६ हजार ९ सय मानिसहरूको बसोबास रहेको र सो क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। भूकम्पको इपिसेन्टर रहेको डिंग्री काउन्टीको कुल जनसंख्या ६१ हजार रहेको छ।

    भूकम्पपछिको उद्धार कार्यका लागि ३ हजार ४०० सुरक्षाकर्मी र ३४० स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। घटनास्थलमा ठूलो संख्यामा घरहरू भत्किएका र उद्धार कार्य जारी रहेको बताइएको छ।

    भूकम्पका धक्का नेपालमा पनि महसुस गरिएको छ। काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँका मानिसहरू घरबाहिर निस्किएका थिए। काठमाडौंको स्‍युचाटारमा एक जना पुरूष घरको छतबाट हामफाल्दा घाइते भएको र अन्य केही घरहरूमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।