१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा

प्रहरीको अनुसन्धान अनुसार, उक्त रकममध्ये ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाइएको फेला परेको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १८६
  • काठमाडौं, पुस २८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान र थुनछेक काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ।

    काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान हुने एक अदालतका अधिकृतले जानकारी दिएका छन्।

    स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा अभियोग पत्र दायर भएपछि रवि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका हुन्।

    गोरखा मिडिया नेटवर्कसँग जोडिएको कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अपचलन गरेको निष्कर्ष प्रहरीको अनुसन्धानले देखाएको छ। सरकारी वकिलले सोही रकम बिगो मागदावी गर्दै रविलाई मुद्दा चलाएको छ।

    प्रहरीको अनुसन्धान अनुसार, उक्त रकममध्ये ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाइएको फेला परेको छ। २०२१ र २०२२ मा सो रकम विदेश पठाइएको बताइएको छ। अनुसन्धानमा उक्त रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको प्रमाण भेटिएको छ।