६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

केरलामा छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कार, २० जना पक्राउ

केरलाको पथनमथिट्टामा १८ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कारको आरोपमा प्रहरीले ६४ जनामध्ये २० जनालाई पक्राउ गरेको छ।



  • एजेन्सीको सहयोगमा
  • ७ महिना अघि
  • पाठक संख्या १७२
  • केरला, पुस २८ – केरलाको पथनमथिट्टामा १८ वर्षीया दलित छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कारको आरोपमा प्रहरीले ६४ जनामध्ये २० जनालाई पक्राउ गरेको छ। आरोपीहरूमा पीडितका छिमेकी, बुबाका साथी, खेलकुद प्रशिक्षक लगायतका व्यक्ति छन्।

    प्रहरीले जानकारी अनुसार दुई अभियुक्त १७ वर्षका नाबालिग छन् भने अन्य अभियुक्तहरूको उमेर १९ देखि ४७ वर्षका छन्। घटनामा हालसम्म आठ एफआईआर दर्ता भइसकेका छन्, जसमा दुई प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ।

    पथनमथिट्टा जिल्लाका डेपुटी एसपी नन्दकुमार एसका अनुसार, “एससी-एसटी ऐन र पोक्सो अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यी अपराधहरू विगत पाँच वर्षमा भएका हुन् र पीडित त्यतिबेला नाबालिग थिइन्।”

    पीडितकी छिमेकी र बाल्यकालका साथीहरूलाई पहिलो आरोपी बनाइएको छ। पीडित १३ वर्षकी हुँदा नै सामूहिक बलात्कारका तीनवटा घटना भएको पाइएको छ। पहिलो अभियुक्तको फोनमा यौन दुर्व्यवहारको प्रमाण भेटिएको छ, जसलाई प्रयोग गरेर पीडितलाई ब्ल्याकमेल गर्दै यौन शोषण गरिएको थियो।