२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा १७ वर्षीया किशोरीको बलात्कार, पोल खुल्ने डरले हत्या

अर्जुनको अनुपस्थितिमा विश्वासले सरितामाथि बलात्कार गरेपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १८८
  • काठमाडौं, माघ २ – दुई वर्षअघि धादिङबाट काठमाडौं पढ्न आएकी १७ वर्षीया सरिता तामाङको बलात्कारपछि हत्या भएको छ।

    परिवारको आर्थिक स्थिति कमजोर भएकाले सरिताका दाजु अर्जुन तामाङ विदेश जान लागेका थिए। विदेश जाने क्रममा उनले बहिनी सरिताको जिम्मा नातेदार विश्वास तामाङलाई दिएका थिए।

    अर्जुनको अनुपस्थितिमा विश्वासले सरितामाथि बलात्कार गरेपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे जानकारी दिएपछि विश्वासलाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार, विश्वासविरुद्ध जबरजस्ती करणी, कर्तव्य ज्यान, र डाँका चोरीको मुद्दा दायर गरिएको छ।

    २८ मंसिरको रातदेखि सम्पर्कविहीन भएकी सरिताको शव चन्द्रागिरि नगरपालिका–११ स्थित उनको डेराको पलङभित्र लुकाइएको अवस्थामा फेला परेको थियो। परिवारका सदस्यहरूले पटकपटक सम्पर्क गर्ने प्रयास गरे पनि असफल भएपछि प्रहरीलाई खबर गरेका थिए।

    सरिताका दाजु प्रेम तामाङले कोठाको चाबी खोजेर खोल्दा पलङभित्र बहिनीको शव भेटिएको बताए। शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।

    प्रहरीका अनुसार, विश्वासले सरितालाई बलात्कार गरेपछि बलात्कारको पोल खुल्ने डरले उनको हत्या गरेका थिए। उनले सरितालाई घाँटी थिचेर मारेर पलङभित्र लुकाएको बयान दिएका छन्।

    सरकारी वकिलको दायरामा जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाई गर्दै थुनामा राख्न अनुमति दिएको छ। यसका साथै प्रहरीले घटनाको अनुसनधान जारी रहेको जानकारी दिएको छ।