२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै

रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिच्ने डा. निकोलस भुसाललाई आज अदालतमा पेस गरिने भएको छ।



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १७६
  • कास्की, माघ ४ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिच्ने डा. निकोलस भुसाललाई आज अदालतमा पेस गरिने भएको छ।

    बिहीबार आफैँ कास्की जिल्ला अदालतमा उपस्थित भएका डा. भुसाललाई बयान पूरा नभएपछि न्यायाधीशले उनलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका थिए। डा. भुसालले लामिछाने कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माका अनुसार डा. भुसालविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा अभियोगपत्र दायर भएको छ। उनीमाथि अनुसन्धानका लागि आज अदालतमा उपस्थित गराइने छ।