१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सैफ अली खानमाथि चक्कु प्रहार: अभियुक्त पक्राउ

पक्राउ पर्ने डरले आरोपीले आफूलाई विजय दासको रूपमा चिनाएको प्रहरीको भनाइ छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २२७
  • मुम्बई, माघ ६ - मुम्बई प्रहरीद्वारा बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ गरिएको छ। बिहीबार सैफ अली खानमाथि बान्द्रास्थित उनको निवासमा चक्कु प्रहार भएको थियो।

    प्रहरीको भनाइ अनुसार, आरोपीलाई आइतबार बिहान ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको हो। मुम्बई प्रहरीले यो आक्रमण मोहम्मद आलियान उर्फ बीजेले गराएको दाबी गरेको छ। पक्राउ पर्ने डरले आरोपीले आफूलाई विजय दासको रूपमा चिनाएको प्रहरीको भनाइ छ।

    आरोपीलाई बिहान ३:३० बजे बान्द्रा प्रहरी चौकीमा लगेर सोधपुछ गरिएको थियो। आइतबार नै अभियुक्तलाई अदालतमा पेस गरिने जानकारी प्रहरीले दिएको छ।

    यसैबिच, मुम्बई प्रहरीले पत्रकार सम्मेलनमार्फत खानमाथि चक्कु प्रहार गर्ने आरोपी बंगलादेशी नागरिक हुनसक्ने आशंका व्यक्त गरेको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानाएको छ।