८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रहरीद्वारा युवकमाथि निर्घात कुटपिट, छानबिन समिति गठन

रातको समयमा मोटरसाइकल चेकिङ गरिरहेका प्रहरीले ‘माथिको पावर देखाउने’ भन्दै युवकलाई लात्तीले हानेर लडाएको र त्यसपछि पनि कुटपिट गरिरहेको देख्न सकिन्छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या २५८
  • चितवन, माघ ७ – चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक युवकमाथि प्रहरीले निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ।

    सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा, रातको समयमा मोटरसाइकल चेकिङ गरिरहेका प्रहरीले ‘माथिको पावर देखाउने’ भन्दै युवकलाई लात्तीले हानेर लडाएको र त्यसपछि पनि कुटपिट गरिरहेको देख्न सकिन्छ। युवकले भाग्न खोजे पनि प्रहरीले पछ्याउँदै बिजुलीको पोल छेउँमा लडाएर फेरि लात्ती प्रहार गरिरहेको देखिन्छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटनाको छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन्। उनले घटनास्थलको सत्यापन भइरहेको र सत्यापनपछि आवश्यक अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाही गरिने बताए।

    यसैबीच, केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भने उक्त भिडियो पुरानो भएको दाबी गरेका छन्।

    घटनाको थप विवरण छानबिनपछि सार्वजनिक गरिने जनाइएको छ।