१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सैफ अली खानमाथि छुरा प्रहार गर्ने आक्रमणकारीलाई अभिनेता भएको थाहा थिएन

अनुसन्धानका क्रममा प्रहरीले शहजादले आफू चोरको रूपमा अपार्टमेन्टमा प्रवेश गरेको तर त्यो अपार्टमेन्ट बलिउड स्टार सैफ अली खानको हो भन्ने थाहा नभएको बताएका छन्।



  • एजेन्सीको सहयोगमा
  • २ बर्ष अघि
  • पाठक संख्या ४२१
  • नयाँ दिल्ली, माघ ७ - बलिउड अभिनेता सैफ अली खानमाथि भएको छुरा प्रहारको घटनामा थप विवरणहरू सार्वजनिक हुँदैछन्। प्रहरीले यो घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

    यसै सिलसिलामा, प्रहरीले मोहम्मद शरीफूल इस्लाम शहजाद नाम गरेका व्यक्तिलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले शहजादले आफू चोरको रूपमा अपार्टमेन्टमा प्रवेश गरेको तर त्यो अपार्टमेन्ट बलिउड स्टार सैफ अली खानको हो भन्ने थाहा नभएको बताएका छन्।

    शहजादले चक्कु प्रहार गर्दा घाइते व्यक्ति अभिनेता सैफ अली खान हुन् भन्ने पनि उनले थाहा नपाएको प्रहरीले जनाएको छ। यो घटना सोमबार, माघ ७ गते भएको हो।

    प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ भने सैफ अली खानको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ।