३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गुल्मीमा ६० वर्षको पुरुषको शव फेला

मालिका गाउँपालिका-८ कालीमाटीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३२७
  • गुल्मी, माघ ८ – गुल्मीको मालिका गाउँपालिका-८ कालीमाटीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

    ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिएका छन्।

    घटनास्थलमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दिपक केसीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

    मृतकको शव फेला परेको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।