२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय पुरुष पक्राऊ

मकवानुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय बम्जन पक्राउ परेका छन्।



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १५३
  • मकवानपुर, माघ ९ - मकवानपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय आइते सिंह बम्जन पक्राउ परेका छन्।

    बागमती गाउँपालिका-३ घट्टेडाँडाका बम्जनलाई मंगलबार साँझ इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँको टोलीले पक्राउ गरेको हो।

    उजुरी अनुसार, बम्जनले सोमबार दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेका थिए। घटना सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।