२६ चैत २०८१ मंगलबार | 08 Apr 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापामा ट्रयाक्टर दुर्घटना: एक गम्भीर घाईते, ट्रयाकटर चालक फरार

उक्त ट्रयाक्टर सिमेन्ट बोकेर जांदै गरेको र ओभर स्पिडका कारण अनकन्ट्रोल भाई साइकिललाई ठक्कर दिन पुगेको स्थानीय प्रत्यक्षदर्शी ले बताएका छ्न् भने ट्रयाकटर  चालक फरार रहेका छन् ।



  • प्रबिन कुवँर
  • २ महिना अघि
  • पाठक संख्या ५९५
  • झापा -  माघ ११ सुरुङ्गा बाट शरणामति तर्फ जांदैगरेको ट्रयाक्टरले शुक्रवार बिहान साइकिल यात्रीलाई ठक्कर दिएको छ । 

    झापाको झापा गाउँपालिका वार्ड नं. ६ तल्लो चप्रमारी स्थित कटेज चोकमा आज बिहान करिब ८:३० बजे सुरुङ्गा बाट शरणामति तर्फ जांदैगरेको मे १ त ३९२९ नम्बरको ट्रयाक्टरले सोही तर्फ जांदै गरेको साइकिल यात्रीलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो। 

    दुर्घटनामा परि कनकाई नगरपालिका ६ बस्ने ३६ वर्षीया कालामै टुडु गम्भीर घाईते भएकी छ्न्। घाइतेलाई स्थानीयले उद्दार गरि उपचारको लागि सुरुङ्गा पठाइएका छन्।

    उक्त ट्रयाक्टर सिमेन्ट बोकेर जांदै गरेको र ओभर स्पिडका कारण अनकन्ट्रोल भाई साइकिललाई ठक्कर दिन पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छ्न् । ट्रयाकटर चालक भने फरार रहेको र खोजि कार्य जारी रहेको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दियको छ ।