२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तीन बर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या, १२ वर्षीय नाबालक प्रहरी नियन्त्रणमा

जाजरकोटमा तीन वर्षीया बालिका अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरिएको छ।



  • प्रबिन कुवँर
  • ८ महिना अघि
  • पाठक संख्या २११
  • जाजरकोट - माघ ११ जाजरकोटको बारेकोट गाउँपालिका-७ स्यालामा तीन वर्षीया बालिका अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरिएको छ।

    बिहीबार दिउँसोदेखि हराएकी अस्मिताको शव परालमुनि भेटियको छ। प्रहरीले बलात्कारको प्रयासपछि बालिकालाई घाँटी रेटेर हत्या गरिएको हुनसक्ने अनुमान गरेका छन्।

    बालिकाको शव परिवारले राति १० बजे मात्र फेला पारेका थिए। यस घटनामा संलग्न भएको आशंकामा बारेकोट गाउँपालिका-६ ताँसीका एक १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।