२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फक्ताङलुङ गाउँपालिकामा पिकअप दुर्घटना हुँदा ६ जना घाईते

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा शनिबार पिकअप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।



  • प्रबिन कुवँर
  • ८ महिना अघि
  • पाठक संख्या १७०
  • ताप्लेजुङ माघ १२ - ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा शनिबार पिकअप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । शनिबार दिउँसो ताप्लेजुङ सदरमुकामबाट फक्ताङलुङ गाउँपालिकाको तापेथोक जाँदै गरेको बा ०३–००१ ज ४१५ को पिकअप पालिकाको वडा नं. ५ स्थित सिगुवाखोलामा ब्रेक फेल भएर दुर्घटना भएको पालिका अध्यक्ष राजन लिम्बुले बताउनुभयो ।

    उहाँका अनुसार दुर्घटनामा पिकअपमा सवार पाालिकाको वडा नंं. ५ का वर्ष ५० का दिपेन्द्र लिम्बुको बाँया हात भाच्चिएको, सोही ठाउँका वर्ष १८ को रोश्नी लिम्बुको ढाडमा ठोक्कि समस्या भएको,वर्ष २५ को दिनेश लिम्बुको निधारमा सामान्य चोट लागेको, सुरेन्द्र लिम्बुेको १३ महिनाको छोरि भावना लिम्बुको बाँया पटीको हातमा सामान्य चोट लागेर घाईते भएका छन् ।

    त्यस्तै पालिकाको वडा नं. ६ को युनिसा लिम्बुको छोरी १४ महिनाको सेसेहाङ लिम्बुको चोट लागेको र भारतको कालेम्पुङ घर भई हेल्लोक ससुराली आउँदै गरेका वर्ष ४३ का सुरज लिम्बुको ढाड कम्मरमा चोट लागि घाईते भएका छन् ।

    घाईतेको प्रहरी चौकी तापेथोकबाट प्रहरी सहायक नीरिक्षक निमा शेर्पाको कमाण्डमा खटिएको टोलि र र स्थानीयको सहयोगमा उद्धार गरी स्थानीय आधारभुत स्वास्थ्य चौकी तापेथोकमा उपचार गरि थप उपचारका लागि पालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पठाईएको पालिकाले जनाएको छ । घाईते मध्ये दिपेन्द्र लिम्बु र रोश्नी लिम्बुको अवस्था गम्भिर रहेको बताईएको छ । गाडी चालक पालिकाको वडा नं. ५ का वर्ष २५ का पृतिसिंह लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

    गाडीमा ८ जना सवार रहेकोमा अरुको अवस्था सामान्य रहेको अध्यक्ष लिम्बुले बताउनुभयो ।