२३ चैत २०८१ शनिबार | 05 Apr 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको तेस्रो दिनको बहस सुरु

रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा तेस्रो दिनको बहस आइतबारदेखि सुरु भएको छ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ५६
  • बुटवल, माघ १३ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा तेस्रो दिनको बहस आइतबारदेखि सुरु भएको छ। शुक्रबार लामिछाने पक्षका तीनजना कानुन व्यवसायीले बहस गरेका थिए।

    जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार आजको बहस वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबाट सुरु भएको छ। रवि लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनिता राउत, र राजेन्द्र सेढाईंसहितका कानुन व्यवसायीले बहस गर्नेछन्।

    नाम टिपाएका सबै कानुन व्यवसायीहरूको बहस पूरा भएपछि अदालतमा प्रश्नोत्तर प्रक्रिया अघि बढ्ने जनाइएको छ।

    यसअघि, बुधवार ५ नं इजलासका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान दिएपछि लामिछानेलाई परिवार र प्रतिवादीका वकिलको जिम्मामा जमानीमा छाडिएको थियो। बिहीबार र शुक्रबार सरकारी वकिल र लामिछाने पक्षका तीनजना वकिलले बहस गरेका थिए।

    लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको अभियोग लागेको छ।