२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोधमा झडप, घाइते काठमाडौँ रिफर

केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीचको झडपमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १३४
  • विराटनगर, माघ ११ - ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच झडप भएको छ। झडपमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।

    नेपाली सेनाको जहाजमार्फत विराटनगरबाट केही समय अघि घाइतेहरुलाई काठमाडौँ लगिएको हो। झडपका क्रममा प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना, सशस्त्र प्रहरीका ९ जना र ‘नो केबलकार समूह’का ४ जना घाइते भएका छन्।

    केही घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्थामा रहेका अन्यलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जानकारी प्राप्त भएको छ।