माघ, धनगढी १४ - कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ ।
जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर-१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी लाई पक्राऊ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको जानकारी आएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।
उनीहरू चार जना मिलेर किशोरीमाथि मंसिर २२ गते सामूहिक बलात्कार गरेका थिए। तर खबर भने ढिलो आएको प्रहरीले जनाएको छ । उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस