१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ सुरु, बुधबारदेखि माघ १९ गतेसम्म सञ्चालन

काठमाडौंको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ सुरु भएको छ। बुधबारदेखि सुरु भएको यो एक्स्पो माघ १९ गतेसम्म सञ्चालन हुनेछ।



Family Baby Expo 2025
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २९५
  • काठमाडौं, माघ १८ – बालबालिकाको हेरचाह, स्याहार तथा तिनका आवश्यक सामग्रीलाई एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ सुरु भएको छ। बुधबारदेखि सुरु भएको यो एक्स्पो माघ १९ गतेसम्म सञ्चालन हुनेछ।

    ‘वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एन्ड सर्भिसेज’ नाराका साथ इभेन्ट सोलुसन प्रालिले आयोजना गरेको यो मेलामा अभिभावक र बालबालिकाका लागि विविध सामग्री तथा सेवाहरू उपलब्ध छन्।

    निःशुल्क प्रवेशको सुविधा रहेको एक्स्पोमा बालबालिकाका लागि मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफीजस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको छ। आयोजकका अनुसार अभिभावकहरूलाई बालबालिकासम्बन्धी आवश्यक जानकारी दिने उद्देश्यले विभिन्न स्टल तथा परामर्श सेवा पनि उपलब्ध गराइनेछ।