२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव फेला

विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव फेला परेको छ।



  • प्रबिन कुवँर
  • २ बर्ष अघि
  • पाठक संख्या ३२९
  • विराटनगर, माघ १८ - विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको छ। 

    यस घटनामा संलग्न रहेको आशंकामा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृतक बालिका चाँदनीका मावली हजुरबुबा सर्जुक यादव रहेका छन्। मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर-५ निवासी चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिइएको हो।

    डीएसपी जोशीका अनुसार भारत, बिहारको छपरा जिल्लाकी चाँदनी करीब एक महिना अघि आफ्ना आमा–बुवासँग मावली घर विराटनगर आएकी थिइन्। केही समयपछि उनका आमाबुवा भारत फर्किए, तर चाँदनी हजुरबुबासँगै बसिरहेकी थिइन्। पछिल्ला पाँच/छ दिनयता चाँदनीलाई नदेखेपछि स्थानीयले उनका हजुरबुबासँग सोधपुछ गरेका थिए। तर, सर्जुकले नातिनी भारत फर्किसकेको बताएका थिए। यस विषयमा शंका लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीले अनुसन्धान अघि बढाउँदै चाँदनीको खोजी थालेको थियो। खोजीका क्रममा सर्जुकको घरबाट करिब ३८ मिटर दक्षिणतर्फको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले जानकारी दिए।