२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

त्रिशूली नदी किनारमा पुरुषको शव फेला

गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १५३
  • गोरखा, माघ २० - गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ।

    शनिबार घोप्टो परेको अवस्थामा अन्दाजी ५०-५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार शवको पहिचान खुल्न सकेको छैन।

    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

    शव निकाल्न जिल्ला प्रहरी कार्यालय गोरखा र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले संयुक्त रूपमा कार्य गरेको थियो।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ।