१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओली भन्छन् झिँगाको होइन, मौरीको सङ्गत गर्नुहोस्

उनले मौरी र झिँगाको उदाहरण दिँदै भने, “मौरीको सङ्गत गर्दा फूलसम्म पुगिन्छ, झिँगाको सङ्गत गर्दा फोहरमा।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९३
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई सही सङ्गत गर्न सुझाव दिएका छन्। सोमबार राजधानीमा आयोजित ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रममा उनले गलत सङ्गतले जीवन बर्बाद गर्ने भन्दै सचेत रहन आग्रह गरे।

    प्रधानमन्त्री ओलीले भने, 'गलत सङ्गत बहुत खतरनाक चिज हो। राम्रो सङ्गतले सक्षम र सफल व्यक्ति बन्न मद्दत गर्छ भने नराम्रो सङ्गतले निराशा, इर्ष्या र असफलता निम्त्याउँछ। त्यसैले सचेत भएर सही निर्णय लिन आवश्यक छ।'

    उनले मौरी र झिँगाको उदाहरण दिँदै भने, 'मौरीको सङ्गत गर्दा फूलसम्म पुगिन्छ, झिँगाको सङ्गत गर्दा फोहरमा। मौरीले मह उत्पादन गर्छ, जसले औषधिको काम गर्छ, तर झिँगाले रोग मात्र फैलाउँछ।'

    प्रधानमन्त्री ओलीले युवाहरूलाई अरूको लहैलहैमा नलागी आफ्नै विवेकले निर्णय गर्न आग्रह गरे। उनले भने, 'अरूको प्रभावमा परेर होइन, आफैंले बुझेर निर्णय गर्नुस्, तब मात्र सफल भइन्छ।'