६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवनमा रवि लामिछानेको बयान : ‘जीबीको निर्देशनमा जिम्मेवारी निभाएको थिएँ, ठगी गरेको छैन’

बचतकर्ताको रकम अनियमिततासम्बन्धी प्रकरणमा संलग्नता नरहेको भन्दै रवि लामिछानेले सरकारी वकिलसमक्ष बयान दिएका छन्।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १३५
  • चितवन माघ २२ - साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको रकम अनियमिततासम्बन्धी प्रकरणमा संलग्नता नरहेको भन्दै रवि लामिछानेले सरकारी वकिलसमक्ष बयान दिएका छन्।

    बयानका क्रममा लामिछानेले गोर्खा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै प्रक्रियामा आफू संलग्न नरहेको बताएका छन्। प्रहरी अनुसन्धानअनुसार, सहकारीको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ।

    लामिछानेले टेलिभिजन सञ्चालनका लागि रकम ल्याउने जिम्मेवारी सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको रहेको दाबी गरेका छन्। उनले भने, “कम्पनीका चेकहरूमा हस्ताक्षर गर्ने व्यक्तिमध्ये म एक भए पनि कम्पनीको लगानीकर्ता म थिइनँ। मेरो जिम्मेवारी ग्यालेक्सी फोरके टिभीमा प्रसारण हुने सामग्रीमा केन्द्रित थियो। सहकारी वा अन्य कम्पनीहरूसँग मेरो कुनै साइनो थिएन, छैन।”

    सरकारी वकिलले लामिछानेसहित जीबी राई, छविलाल जोशी र लक्ष्मी पौडेलविरुद्ध सहकारीको रकम अनियमिततामा संलग्न रहेको भन्दै सामूहिक रूपमा बिगो असुल गर्नुपर्ने माग गरेका छन्।

    लामिछानेले आफ्नो बचाउ गर्दै भने, “त्यतिबेला म कम्पनीमा प्रवेश गरिसकेको थिइनँ। तर प्रतिबद्ध भने भइसकेकाले बैंक खातामा मेरो संलग्नता हुनसक्छ। कार्य व्यस्तताका कारण कार्य सहजताका लागि कतिपय अवस्थामा खाली चेकहरूमा समेत हस्ताक्षर गरी छाड्ने अभ्यास रहेको थियो।”

    उनको बयानका बाबजुद सरकारी वकिलले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको छ। सहकारी प्रकरणमा लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ भने अनुसन्धान अघि बढाइएको छ।