६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पाथीभरा केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा

निर्माणाधीन केबलकारविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका १७ जना प्रदर्शनकारी रिहा भएका छन्।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या ११०
  • ताप्लेजुङ, माघ २४ -  ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका १७ जना प्रदर्शनकारी रिहा भएका छन्।

    माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडा, झापाको दमक र सुनसरीमा भएको प्रदर्शनमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो।

    कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार उनीहरूलाई रिहा गरिएको हो।

    रिहाइ हुनेहरूमा ताप्लेजुङबाट ३ जना, झापाको दमकबाट ८ जना र धरानबाट ६ जना रहेका छन्।

    जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले महिचानबादी मोर्चाका जिल्ला संयोजक प्रदीप मादेन (नानी) लाई १० हजार धरौटीमा रिहा गरेको छ भने सिदिङ्वा गाउँपालिका–५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू जनही ५ हजार धरौटी बुझाएर छुटेका छन्।

    झापाको दमकबाट पक्राउ परेका ८ जनालाई साधारण तारेखमा रिहा गरिएको छ।