२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बिर्तामोडस्थित एक होटलमा बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु

झापाको बिर्तामोडस्थित एक होटलमा बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ।



Dead
  • प्रबिन कुवँर
  • २ बर्ष अघि
  • पाठक संख्या २३१
  • झापा, माघ २५ - झापाको बिर्तामोडस्थित एक होटलमा बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ।

    बिर्तामोड नगरपालिका–४ स्थित एभरेस्ट होटल एण्ड लजमा बसेका हल्दिवारी गाउँपालिका–१, गोलधापका करिब ३० वर्षीय सागर बेस्राको मृत्यु भएको हो। उनी आफ्नी साथी, सुनसरी धरान उप-महानगरपालिका–१५ की २३ वर्षीया मुना बी.क. सँग होटलमा बसेका थिए। प्रहरीका अनुसार, माघ २४ गते राति करिब ११ बजे खाना खाएर सुतेका सागर बेस्रालाई बाथरूमको ढोकाछेउ भुइँमा लडिरहेको अवस्थामा फेला पारिएको थियो। उनलाई तत्कालै उनकी साथी मुना बी.क. र होटल सञ्चालक याम कुमारी उप्रेतीले उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याएका थिए।

    चिकित्सकले माघ २५ गते राति १:३५ बजे बेस्रालाई मृत घोषित गरेका थिए। घटनापछि प्रहरीले होटल सञ्चालक उप्रेती र मृतकको साथी मुना बी.क.लाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा अनुसन्धान गरिरहेको छ।

    यस घटनाको थप विवरण आउन बाँकी रहेको छ।