२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१४ सय भाडा नदिँदा घरबेटीद्वारा डेरावासीको हत्या

घर भाडाको विवादका कारण पाल्पामा एक व्यक्तिले डेरामा बस्नेको हत्या गरेका छन्।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १८०
  • पाल्पा, माघ २५ - घर भाडाको विवादका कारण पाल्पामा एक व्यक्तिले डेरामा बस्नेको हत्या गरेका छन्। तानसेन-११, साँचाका ३१ वर्षीय माधव विष्टले रिब्दीकोट-१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन्।

    प्रहरीका अनुसार, बुढाथोकीले विष्टको घरमा पछिल्लो छ महिनादेखि डेरा लिई बस्दै आएका थिए। मासिक पाँच सय रुपैयाँ भाडा दिने सहमति भए पनि १४ सय रुपैयाँ बाँकी रहेको विषयमा विवाद हुँदा विष्टले मदिरा सेवनपछि हँसियाले हमला गरेका थिए।

    माघ २३ गते बिहान ८ बजे बुढाथोकी कोठामा मृत फेला परेका थिए। उनको नाक, निधार, मुख तथा खाटमा रगत लागेको देखिएको थियो। अनुसन्धानका क्रममा विष्टलाई पक्राउ गर्दा उनले हत्या गरेको स्वीकार गरेका छन्।

    प्रहरीका अनुसार विष्ट नियमित रूपमा मदिरा सेवन गर्ने व्यक्ति हुन्। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।