८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनगढीमा १४ वर्षीय किशोरीमाथि जबरजस्ती करणी

धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणी भएको छ ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १५७
  • धनगढी, माघ २७ - धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणी भएको छ ।

    बाजुुराबाट अध्ययनका लागि धनगढी बस्दै आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । धनगढीमा बसेर ७ मा अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ यो घटना घटेको हो ।

    प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा एक  युवकले बाटोमा रोकेर चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् । किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक अहिले फरार रहेका छन् ।

    पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहरालका अनुसार शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको थियो ।

    किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए ।