२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोरखा भूकम्पबाट क्षति पुगेको घैरुङ स्वास्थ्य चौकी पुनर्निर्माण सम्पन्न

भूकम्पका कारण क्षति पुगेको गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–६ स्थित घैरुङ स्वास्थ्य चौकी पुनर्निर्माण सम्पन्न भएको छ।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या २३४
  • गोरखा, माघ २८ – २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुगेको गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–६ स्थित घैरुङ स्वास्थ्य चौकी पुनर्निर्माण सम्पन्न भएको छ।

    नेपाल सरकार स्वास्थ्य मन्त्रालय र भारत सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न गरिएको उक्त स्वास्थ्य चौकी PHB-3 टाइपले निर्माण गरिएको छ।

    स्वास्थ्य चौकी भवनको लागत रु ११ करोड २३ लाख १३ हजार ३०४ रुपैयाँ ४ पैसा रहेकोमा खानी निर्माण सेवा कम्पनीले बोलपत्र प्रक्रियामार्फत रु ८ करोड ५४ लाख ६ हजार १ रुपैयाँ ७ पैसा लागतमा निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गरेको छ।

    शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले भवन निर्माणका लागि सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै अब नयाँ भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिने जानकारी दिएका छन्।

    May be an image of 7 people and hospital

    May be an image of 10 people