२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्षको गाडी तोडफोड

रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी अज्ञात व्यक्तिहरूले तोडफोड गरेका छन्।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १७१
  • रुपन्देही, फागुन २ – रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडी अज्ञात व्यक्तिहरूले तोडफोड गरेका छन्।

    गएराति करिब ११:३० बजे यादवको लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार भएको थियो, जसका कारण गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ।

    घटना रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङ गरिएको अवस्थामा भएको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धान सुरु गरेको जनाएको छ।

    यस घटनाको कारण खुल्न बाँकी रहेको छ भने दोषीको पहिचान र आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।