२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्वार्थभन्दा माथि उठेर देशका लागि योगदान दिनुहोस् : प्रधानमन्त्री ओली

ओलीले नेपाल ज्ञान, दर्शन, योग र अनुसन्धानको उद्गमभूमि भएकाले विद्यार्थीहरूले इमानदार भएर देशको सेवा गर्नुपर्ने बताएका छन्।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १३९
  • पोखरा, फागुन ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र अनुसन्धानको उद्गमभूमि भएकाले विद्यार्थीहरूले इमानदार भएर देशको सेवा गर्नुपर्ने बताएका छन्।

    बिहीबार कास्कीको ढुङ्गेपाटनमा आयोजित पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्राप्त ज्ञानलाई सकारात्मक उद्देश्यका लागि उपयोग गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले भने, "इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ। बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन।"

    उनले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वबोध गर्न आग्रह गर्दै भने, "यदि तपाईँहरू राम्रोसँग अध्ययन गरे पनि त्यसलाई चोरी, ठगीजस्ता नकारात्मक कार्यमा प्रयोग गरियो भने त्यो वास्तविक सफलता होइन। आफ्ना लागि मात्र सोच्ने होइन, देश र समाजका लागि पनि योगदान गर्नुपर्छ।"

    प्रधानमन्त्री ओलीले नेपाल सानो मुलुक भए पनि यसको सार्वभौमसत्ता कुनै पनि देशभन्दा कम नभएको स्पष्ट पार्दै हिनताबोध नगर्न विद्यार्थीहरूलाई प्रेरित गरे।

    दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित भएका छन्। साथै, सर्वोत्कृष्ट विद्यार्थीहरूलाई कुलपति पदक प्रदान गरिएको छ।