२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अपाङ्गता भएकी महिलामाथि बलात्कारको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

पीडित महिला क वर्गकी अपाङ्गता भएकी र उनी आरोपीको घरमा घरेलु काम गर्दै आएकी थिइन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३१९
  • अर्घखाँची, फागुन १९ – अर्घाखाँचीमा अपाङ्गता भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोट निवासी ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका छन्। उनलाई सन्धिखर्क नगरपालिका-१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

    प्रहरीका अनुसार बस्यालले एक वर्षअघि २६ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोप लागेको छ। उजुरीका आधारमा उनलाई पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    पीडित महिला क वर्गकी अपाङ्गता भएकी हुन्। उनी बस्यालको घरमा घरेलु काम गर्दै आएकी थिइन्। सोही क्रममा घरमा कोही नभएको मौका पारेर बस्यालले जबरजस्ती करणी गरेको आरोप छ।

    घटनापछि ती महिलाबाट तीन महिनाअघि एक छोरा जन्मिएको खुलेको छ। प्रहरीले घटनाका सबै पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।