ललितपुर, फागुन २० – ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत टिकाथलीमा बोरिङ गर्ने क्रममा प्रज्वलनशील ग्यास निस्किएको छ। ग्यास निस्किएपछि आगो बलिरहेको छ भने सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नरहरि रेग्मीका अनुसार करीब ३५० मिटर गहिराइबाट ग्यास निस्किएको र त्यसबाट आगो बलिरहेको छ। स्थानीयले खानेपानीका लागि बोरिङ गर्ने क्रममा उक्त ग्यास निस्किएको हो।
हाल घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरी परिचालित भइसकेका छन् भने थप अनुसन्धान जारी रहेको जनाइएको छ। ग्यासको स्रोत र यसको सम्भावित जोखिम मूल्यांकन गर्न विज्ञ टोली समेत परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस