गोरखा, फागुन २८ – शहीद लखन गाउँपालिका स्थित घैरुङ्ग स्वास्थ्य चौकीमा आगामी चैत्र १ र २ गते बृहत स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
बिहान ८:०० देखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुने यस शिविरमा विशेषज्ञ डाक्टरहरुले हाड जोर्नी, स्त्री रोग, चर्म रोग, मधुमेह, जनरल ओ.पि.डि. परीक्षण, निःशुल्क प्रयोगशाला सेवा र औषधि वितरण गर्नेछन्।
गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले सम्पूर्ण गाउँपालिकावासीलाई उक्त अवसरको लाभ लिन अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस