२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एसईईमा डिजिटल चिट : ह्वाट्सएपमार्फत उत्तर आदानप्रदान, दुई निरीक्षक पक्राउ

एसईई परीक्षामा ह्वाट्सएप ग्रुप प्रयोग गरी चिट चोराएको आरोपमा दुई जनालाई पक्राउ परेका छन्।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या २४२
  • बारा, चैत्र ८ - बारा प्रशासनले एसईई परीक्षामा ह्वाट्सएप ग्रुप प्रयोग गरी चिट चोराएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पन्नादेवी कन्या मावि परीक्षा केन्द्रकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभ रहेका छन्।

    प्रशासनका अनुसार, उनीहरूले ‘साथी’ नामक ह्वाट्सएप ग्रुप बनाएर प्रश्नपत्रको फोटो पठाउने र उत्तर प्राप्त गरी परीक्षार्थीलाई चिट सार्न दिने गरेका थिए। पक्राउ परेपछि निरीक्षक रञ्जु कुमारीले आफ्नै छोरीलाई चिट दिन संलग्न भएको स्वीकारेकी छिन्।

    बारा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अन्य केन्द्रहरूमा पनि यस्तो हुन सक्ने भन्दै निगरानी बढाइने बताएका छन्। पक्राउ परेकामाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ।