१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शान्ति प्रक्रियाबारे तीन दलका नेताबीच छलफलको तयारी

प्रचण्ड तराई–मधेस जागरण अभियान सकेर आइतबार साँझ काठमाडौं फर्केपछि छलफल हुने उनको सचिवालयले जनाएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २२५
  • काठमाडौं, चैत्र १० - नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाको बाँकी कामबारे छलफलको तयारी भएको छ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तराई–मधेस जागरण अभियान सकेर आइतबार साँझ काठमाडौं फर्केपछि छलफल हुने उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार टीआरसी (सत्य निरूपण तथा मेलमिलाप आयोग) सम्बन्धी विषयमा मात्र छलफल हुनेछ।

    यसअघि, चैत ६ गते संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग सम्पर्क गर्न खोजेको तर स्वास्थ्य समस्या देखाउँदै सम्पर्क हुन नसकेको बताएका थिए।

    चैत ४ गते प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल खुमलटार पुगेर पनि टीआरसीसम्बन्धी छलफल गरेका थिए।