२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१३ दिनदेखि बेपत्ता बालिकाको शव खोला किनारमा फेला

गोविन्दपुरबाट १३ दिनदेखि हराइरहेकी एक बालिकाको शव घरनजिकै खोलामा फेला परेको छ।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १८१
  • सिराहा, चैत १२ – सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरबाट १३ दिनदेखि हराइरहेकी एक बालिकाको शव घरनजिकै खोलामा फेला परेको छ।

    स्थानीय बेचन अलीकी १३ वर्षीय छोरी गुलशना खातुनको शव घरदेखि पश्चिम करिब ५ सय मिटर टाढा खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ। स्थानीयहरूका अनुसार शव डढेको जस्तो देखिएको छ।

    इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुका अनुसार शव फेला परेको स्थानमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरिएको छ।

    गुलशना स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। गत फागुन २९ गते बिहान ९ बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। छोरी हराएपछि उनकी आमा जाहेदा खातुनले चैत १ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा खोजतलासका लागि निवेदन दिएकी थिइन्।

    प्रहरीले सूचना पाउनासाथ खोजी कार्य अगाडि बढाएको भए पनि १३ दिनपछि मात्र शव फेला परेको हो। बालिकाका पिता बेचन अली छोरी हराउनुभन्दा दुई दिनअघि मात्रै वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

    घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।