२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भारतीय गुण्डा लरेन्स बिश्नोईको नाम लिएर व्यवसायीसँग ५ करोड माग्ने पक्राउ

उनी २०५१ मा नेपाली सेनामा भर्ती भएका थिए तर पछि फरार भएका थिए।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३१८
  • कोहलपुर, चैत्र २० - कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारु मागेको आरोपमा प्रहरीले सुर्खेतका ४९ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई पक्राउ गरेको छ।

    क्षेत्रीले विभिन्न विदेशी नम्बर प्रयोग गर्दै आफूलाई भारतीय ग्याङस्टर लरेन्स बिश्नोई र अनमोल बिश्नोई बताई व्यवसायीहरूलाई धम्की दिँदै फिरौती माग्ने गरेको खुलेको छ।

    प्रहरीका अनुसार क्षेत्रीको आपराधिक इतिहास लामो छ। उनले संविधान सभा उम्मेदवारको हत्या, फिरौती असुली, चन्दा आतंक, अपहरण, र मानव बेचबिखनजस्ता गम्भीर अपराधमा संलग्न रही जेल सजाय भोगिसकेका छन्।

    उनी २०५१ मा नेपाली सेनामा भर्ती भएका थिए तर पछि फरार भएका थिए। प्रहरीले अन्य व्यवसायीलाई पनि यस्ता धम्की आए प्रहरी सम्पर्क गर्न आग्रह गरेको छ।