३१ चैत २०८१ आईतबार | 13 Apr 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति विषयमा छलफल हुने

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ।



  • अञ्जना ढकाल
  • ६ दिन अघि
  • पाठक संख्या ४४
  • काठमाडौं, चैत्र २५ - आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ।

    राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ, तर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि आइतवार सकिएपछि पनि सरकारले नयाँ गभर्नर नियुक्ति गर्न सकेको छैन। अधिकारीको बिदाइ गत शुक्रबार भइसकेको छ।

    सरकारले फागुन महिनामा गभर्नर चयनका लागि तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेका छन् भने पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन्।

    यस समितिले सिफारिस गर्ने तीन जनामध्ये एक जनालाई गभर्नर नियुक्त गरिने छ।