२ बैशाख २०८२ मंगलबार | 15 Apr 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

यो बर्ष (२०८१) मा नेपालमा घटेका महत्वपूर्ण घटनाहरु केके हुन् त ?

०८१ साल संघर्ष, उपलब्धि, विवाद र विकासको मिश्रण भएको वर्ष रहेको छ।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ३५
  • काठमाडौँ, चैत्र ३१ - आज ०८१ सालको अन्तिम दिन रहेको छ । यो वर्ष नेपालमा बिभिन्न किसिमका घटनाहरु घटेका छन् ।

    यस वर्ष राजनीतिक रूपमा केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने चर्चा बलियो बन्यो भने राजावादी र गणतन्त्र सम्बन्धी बहस पनि चर्कियो। प्रशासनिक क्षेत्रमा कुलमान घिसिङको बर्खास्तीले विद्युत क्षेत्रमै तरंग ल्यायो। भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूको सरुवाले पनि व्यापक आलोचना र शंका उत्पन्न गरायो।

    यसै वर्ष नेपालले पहिलो पटक टि-२० विश्वकप खेलेर ऐतिहासिक उपलब्धि हासिल गर्‍यो भने नेपाल प्रिमियर लिग (NPL) क्रिकेटको आयोजना पनि चर्चामा रह्यो। अर्को दुःखद् पक्षतर्फ हेर्दा भारतको एक होस्टेलमा एक नेपाली छात्राको मृत्युले देशभर आक्रोश फैलायो, त्यस्तै त्रिशूलीमा यात्रुबाहक बस हराएको घटनाले पनि जनमानसमा पीडा थप्यो। २०७८ बाटै सुरु भएको शिक्षक आन्दोलन २०८१ मा पनि जारी रह्यो, जसले शिक्षाको गुणस्तरमा असर पुर्‍यायो।

    त्यस्तै स्ववियु निर्वाचनले विद्यार्थी राजनीतिमा पुनः सक्रियता ल्यायो। तीनकुनेमा भएको हिंसात्मक झडपले राजधानीको शान्ति सुरक्षामाथि प्रश्न उठायो। दुर्गा प्रसाईंको आन्दोलनले राजनीतिक असन्तुष्टि झल्कायो भने बालेन शाहका सामाजिक सञ्जालका स्टाटसहरू पनि निरन्तर चर्चामा रहिरहे। २०८१ मा असार, साउन र असोज महिनामा आएको बाढीले विभिन्न भागमा ठूलो जनधनको क्षति पुर्‍यायो।

    वायु प्रदूषण र डढेलोको समस्या पनि गम्भीर बन्यो। मनोरञ्जन क्षेत्रमा एलिना चौहानको विवाह र छोटो समयमै भएको डिभोर्स सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्यो। दुर्गेश थापाका गीतहरू युवाबीच भाइरल बने भने पूर्ण बहादुरको सारङ्गी चलचित्रले दर्शकको चासो तान्यो। समग्रमा भन्नु पर्दा २०८१ साल संघर्ष, उपलब्धि, विवाद र विकासको मिश्रण भएको वर्ष रहेको छ।