२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वीरगन्जमा कर्फ्युको समय थप, राति १२ बजेसम्म लम्ब्याइयो

स्थिति अझै सामान्य नभएको जनाउँदै कर्फ्युको समय आइतबार राति १२ बजेसम्म लम्ब्याइएको छ।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १८७
  • वीरगन्ज, चैत ३१ — वीरगन्जमा जारी कर्फ्युको समय थपिएको छ। शनिबार साँझबाट लागू गरिएको कर्फ्यु आइतबार मध्याह्न १२ बजेसम्म कायम रहने भनिएकोमा अहिले स्थिति अझै सामान्य नभएको जनाउँदै कर्फ्युको समय आइतबार राति १२ बजेसम्म लम्ब्याइएको छ।

    जिल्ला प्रशासन कार्यालय पर्साले दुई समुदायबीच उत्पन्न तनाव र विवाद उग्र बन्दै गएपछि शनिबार साँझ साढे ६ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो।

    आज बसेको सर्वदलीय बैठकमा सुरक्षाको अवस्था मूल्याङ्कन गर्दै कर्फ्यु थप समयसम्म निरन्तर राख्न सुझाव आएपछि निर्णय अनुसार कर्फ्यु लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

    सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले नागरिकहरूलाई संयमित रहन र आवश्यक कार्यमा मात्र बाहिर ननिस्कन आग्रह गरेको छ।