३१ चैत २०८१ आईतबार | 13 Apr 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेकपामा तीन दर्जनभन्दा बढी नेता कार्यकर्ता ध्रुवीकृत, काठमाडौंमा भव्य कार्यक्रम सम्पन्न

विभिन्न कम्युनिस्ट घटकहरूबाट तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ध्रुवीकृत भएका छन्।



  • अञ्जना ढकाल
  • १९ घण्टा अघि
  • पाठक संख्या ७७
  • काठमाडौं, चैत ३०: मोहन वैद्य नेतृत्वको कम्युनिस्ट पार्टी (माओवादी), नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लगायत विभिन्न कम्युनिस्ट घटकहरूबाट तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ध्रुवीकृत भएका छन्। हरि शंकर र राजु लामाको नेतृत्वमा ३३ जना नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका हुन्।

    काठमाडौं जिल्ला समितिको आयोजनामा स्वयंम्भुमा सम्पन्न वैचारिक राजनीतिक प्रशिक्षण तथा ध्रुवीकरण कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रम नेकपा काठमाडौं जिल्ला सचिव चिरञ्जीवी सीको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य माइला सी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

    प्रमुख अतिथि माइला सीले पार्टीको भावी कार्यदिशा, कम्युनिस्ट आन्दोलनको एकता र एकीकृत शक्ति निर्माणको आवश्यकता औंल्याउँदै नवप्रवेशीहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले सबै कम्युनिस्ट शक्तिहरू एक भएर अघि बढ्नुपर्ने आवश्यकता समेत व्यक्त गरे।

    कार्यक्रममा हिरा सीले स्वागत मन्तव्य राखेका थिए भने काभ्रे जिल्लाबाट काठमाडौं जिल्लाको आयोजनामा सहभागी भएका सामाना परिवारका कम्युनिस्ट कार्यकर्ताहरूलाई सम्मान तथा बिदाइ गरिएको थियो। त्यसैगरी, जिल्लाको उत्पादनमा लगानी गर्ने लगानीकर्ताहरूलाई मुनाफा वितरण गरिएको जानकारी दिइएको छ।

    कार्यक्रममा अन्य विभिन्न कम्युनिस्ट घटकहरूबाट नेकपामा समाहित भएका दशौं नेता तथा कार्यकर्ताहरूलाई पनि पार्टीमा औपचारिक स्वागत गरिएको थियो। भव्य र उत्साहजनक वातावरणमा सम्पन्न कार्यक्रमले पार्टीभित्र नयाँ ऊर्जा थपेको आयोजकहरूको भनाइ छ।