२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापामा रेविज लागेको कुकुरले १२ जनालाई टोकेर घाइते

झापाको कचनकवल गाउँपालिका–६ मा रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते भएका छन्।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १६७
  • झापा, चैत २५ – झापाको कचनकवल गाउँपालिका–६ मा रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते भएका छन्।

    तीन दिनयता सो स्थानमा कुकुरको आक्रमणबाट चार महिला, एक बालिका र आठ पुरुष घाइते भएको बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवले जानकारी दिए।

    उनका अनुसार घाइतेमध्ये चार वर्षीया बालिका समेत रहेकी छन्। पशु चौपायाको क्षतिको विवरण भने आउन बाँकी रहेको उनले बताए।

    घाइतेहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। तर, केन्द्रमा रहेको खोपले सबैलाई पुग्न नसक्ने भएकाले थप खोपका लागि कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिएको प्रमुख यादवले जानकारी दिए।

    यसबीचमा, पालिकाले कुकुर नियन्त्रणका लागि सोमबार विहानैदेखि कृषि तथा पशु शाखाका कर्मचारीसहित सुरक्षाकर्मी परिचालन गरेको उपाध्यक्ष नवराज भट्टराईले बताए। पालिकाले आवासीय क्षेत्र आसपासमा रहेका कुकुरको निगरानी बढाउँदै नियन्त्रणका उपाय अपनाइरहेको उनले जानकारी दिए।

    स्थानीयवासीहरू भने रेविजको डरले त्रसित बनेका छन्। पालिकाले शीघ्र रूपमा नियन्त्रणात्मक उपायहरू कडा पार्नुपर्ने माग गर्दै आएका छन्।