२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धरानको पानबारी जङ्गलमा महिलाको शव फेला, बलात्कारपछि हत्या गरिएको आशंका

शवको माथिल्लो भागमा कपडा लगाइएको थियो भने घाँटीमा कालो कपडाले बाँधिएको अवस्थामा फेला परेको हो।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३४६
  • धरान, चैत्र २७ — धरान-६ स्थित पानबारी जङ्गलमा एक अज्ञात महिलाको शव फेला परेको छ। करिब ३५ देखि ४० वर्ष उमेरकी देखिने ती महिला नाङ्गो अवस्थामा भेटिएकी हुन्। हालसम्म मृतकको पहिचान खुलेको छैन।

    प्रहरीका अनुसार घटनास्थलमा शवको माथिल्लो भागमा कपडा लगाइएको थियो भने घाँटीमा कालो कपडाले बाँधिएको अवस्थामा फेला परेको हो। प्रारम्भिक अनुमानमा बलात्कारपछि हत्या गरिएको हुन सक्ने स्थानीयले बताएका छन्।

    हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। घटनास्थलको मुचुल्का उठाइएपछि शव पोस्टमार्टमका लागि पठाइएको छ।