२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनआन्दोलन दिवसमा नेकपा ललितपुरद्वारा विरोध प्रदर्शन र कोणसभा सम्पन्न

"दलाल संसदीय पुँजीवाद तथा प्रतिगामी षड्यन्त्रको विरुद्ध" भन्ने नारासहित उक्त कार्यक्रम ललितपुरको लगनखेलमा सम्पन्न भएको हो।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १५९
  • ललितपुर, चैत २४ – राष्ट्रिय जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरले आयोजना गरेको विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ।

    "दलाल संसदीय पुँजीवाद तथा प्रतिगामी षड्यन्त्रको विरुद्ध" भन्ने नारासहित उक्त कार्यक्रम ललितपुरको लगनखेलमा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा ललितपुरका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विपिन सीको उपस्थितिमा जिल्लाका स्थानीय कार्यकर्ता, समर्थक तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

    विपिन सीका अनुसार, जनआन्दोलन दिवसको अवसरमा नेकपाले देशभर विभिन्न विरोध कार्यक्रमहरु आयोजना गरेको छ। ललितपुरको कार्यक्रम सफल र सशक्त ढंगले सम्पन्न भएको उनले बताए।

    कार्यक्रममा विभिन्न नेताहरूले वर्तमान राजनीतिक अवस्था, दलाल पुँजीवादविरुद्धको संघर्ष र जनताको हक–अधिकारका विषयमा धारणा राखेका थिए।

    नेकपाले यस्ता कार्यक्रमहरु मार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।