६ बैशाख २०८२ शनिबार | 19 Apr 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तीनकुने घटनामा पक्राउ परेका धवलशमशेर रिहा हुने तयारी

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी गरिएको छ।



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ६०
  • काठमाडौँ, वैशाख ५ - तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी गरिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले राणालाई हाजिर जमानीमा रिहा गर्ने प्रक्रिया अगाडि बढाएको हो। क्यान्सरका बिरामी राणालाई भारतमा नियमित स्वास्थ्य परीक्षण गर्न जानु पर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्न लागिएको स्रोतले जानकारी दिएको छ।

    स्रोतका अनुसार राणाको बयान प्रक्रिया पूरा भइसकेको छ र अब मुद्दा अगाडि बढाउने तयारीसहित उनलाई अस्थायी रूपमा रिहा गर्न लागिएको हो।

    गत चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि राणा सोही दिन पक्राउ परेका थिए। क्यान्सरका बिरामी राणालाई उपचारबाट बञ्चित गराइएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो।