१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गणतन्त्र नामले होइन, कामले बाँच्ने हो : प्रचण्ड

प्रचण्डले राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान, कानुन र अन्तर्राष्ट्रिय परम्पराले कुनै रोक नलगाउने स्पष्ट पारे।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ७७
  • काठमाडौं, वैशाख ७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नामले होइन, कामले बाँच्ने बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दलहरूले राम्रो काम गर्न सके मात्र गणतन्त्र संस्थागत हुँदै जाने उल्लेख गरे।

    प्रचण्डले राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान, कानुन र अन्तर्राष्ट्रिय परम्पराले कुनै रोक नलगाउने स्पष्ट पारे।

    उनले शनिबार राति बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियासँग सम्बन्धित रहेको बताए। उक्त छलफलको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा देखिन पुगेको उल्लेख गर्दै, यसलाई सत्ता गठबन्धनको समर्थनको रूपमा व्याख्या गर्नु गलत भएको प्रष्ट पारे।

    'गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेर अत्तिनु पर्ने अवस्था छैन,' उनले भने, 'गणतन्त्र खतरामा परेको भन्ने भाष्य नै गलत हो। जनमत अझैपनि गणतन्त्रकै पक्षमा रहेको छ।'

    प्रचण्डले हालको सत्ता गठबन्धनप्रति माओवादी केन्द्रको समर्थन नरहेको स्पष्ट पार्दै गणतन्त्र जोगाउने कार्य व्यवहारबाट हुनुपर्ने धारणा राखे।