८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रविलाई गैरकानुनी थुनामा राखिएको दाबी, पत्नी निकिताद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन्।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ७२
  • काठमाडौँ, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन्।

    आइतबार दायर गरिएको रिटमा लामिछानेलाई कानुनी प्रक्रिया नपुर्‍याई थुनामा राखिएको उल्लेख गरिएको छ। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

    यसअघि लामिछाने पक्षले सर्वोच्च अदालतमा ‘थुनुवा दफा ७३’ बमोजिम निवेदन दर्ता गरेका थिए। सो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिइसकेको छ।

    निकिता पौडेलद्वारा दर्ता गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ हुने तय भएको छ।