२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भारतले नेपाली सीमामा सेनाको सङ्ख्या बढायो



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ११३
  • काठमाडौं, जेठ ७ - भारतले नेपाल हुँदै घुसपैठको सम्भावना देखाउँदै नेपालसँगको सीमामा सुरक्षाकर्मी थपेको छ। भारतीय सुरक्षा एजेन्सीका अनुसार नेपालमा रहेका करिब ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशी नागरिकहरूले भारत प्रवेश गर्न सक्ने खतरा छ।

    यसका कारण उत्तर प्रदेशको बहराइचदेखि बलरामपुरसम्म १,५०० एसएसबी जवान खटाइएका छन्। सीमामा दोहोरो गस्ती, कडाइका साथ परिचयपत्र जाँच र सीसीटीभी निगरानी गरिएको छ।

    बलरामपुरका एएसपी योगेश कुमारका अनुसार एसएसबी र प्रहरीले संयुक्त रूपमा २४ घण्टा निगरानी गरिरहेका छन्। गुरुङ नाका हुँदै आवतजावत पनि रोकिएको छ।

    उत्तर प्रदेशका सीमा जोडिएका सात जिल्लामा उच्च सतर्कता जारी गरिएको छ।