२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उदयपुरमा भालुको आक्रमणबाट एक महिला घाइते

वनमा घाँस काट्न गएकी ४६ वर्षीया तामाङलाई भालुले आक्रमण गरेको हो।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३०२
  • उदयपुर, वैशाख ८ — उदयपुरमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्।

    सोमबार बिहान कटारी नगरपालिका–२, गराँसस्थित नारायणी सामुदायिक वनमा घाँस काट्न गएकी ४६ वर्षीया पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको हो।

    प्राप्त जानकारीअनुसार, भालुको आक्रमणबाट तामाङ घाइते भएकी छिन् र अहिले कटारी अस्पताल, उदयपुरमा उनको उपचार भइरहेको छ। प्रहरीले घटनाको पुष्टि गरेको छ।

    स्थानीयहरूका अनुसार उक्त वन क्षेत्रमा पछिल्लो समय जङ्गली जनावरको गतिविधि बढिरहेको छ। सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।