८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उमा सीद्वारा लिखित पुस्तक 'विचार संश्लेषण' को लोकार्पण तथा विमर्श कार्यक्रम हुँदै

कार्यक्रम आगामी २०८२ साल वैशाख ११ गते दिउँसो १२:४५ बजे नेपाल बारको केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौंमा (सर्वोच्च अदालत नजिकै) सम्पन्न हुनेछ।



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १४६
  • काठमाडौं, वैशाख १० – गोर्खा जेल ब्रेककी चर्चित कमान्डर, नेकपाका स्थायी समिति सदस्य उमा सी (उमा भुजेल) द्वारा लिखित पुस्तक 'विचार संश्लेषण' को लोकार्पण तथा विमर्श कार्यक्रम मंगलबार काठमाडौंमा आयोजना गरिने भएको छ।

    कार्यक्रम आगामी २०८२ साल वैशाख ११ गते दिउँसो १२:४५ बजे नेपाल बारको केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौंमा (सर्वोच्च अदालत नजिकै) सम्पन्न हुनेछ।

    उक्त कार्यक्रममा नेकपाका महासचिव विप्लव सी, एमाले नेतृ तथा पिविएम सदस्य विन्दा पाण्डे, चर्चित नायिका रेखा थापा, लेखक मनोज भट्ट, सामाजिक अभियन्ता नरेन्द्रजंग पिटर, खेम थपलिया र मानुषीयमी भट्टराईलगायत वक्ताहरूले पुस्तकका सन्दर्भमा विचार राख्ने छन्।

    कार्यक्रममा उपत्यकामा रहेका सम्पूर्ण सञ्चारकर्मीहरू, शुभेच्छुक तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि आयोजकद्वारा हार्दिक निमन्त्रणा गरिएको छ।

    पुस्तक ‘विचार संश्लेषण’ मा लेखिका उमा सीले आफूले भोगेका राजनीतिक, सामाजिक र सैद्धान्तिक अनुभवहरूको समेट प्रस्तुत गरेकी छिन्।